माक्र्सवाद कहिले पुरानो हुँदैन : नेता गजुरेल

१९ पुष, २०८१, शुक्रवार
सारांश
  • शुक्रबार वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय सम्मेलनमा बोल्दै नेता गजुरेलले समस्याहरुबाट अगाडि बढ्दै माक्र्सवादले सबै कुराको विकास गर्ने बताएका हुन् ।

 
काठमाडौं :   क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यवाहक महासचिव सिपी गजुरेलले माक्र्सवाद कहिले पुरानो नहुने बताएका छन् । 


शुक्रबार वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय सम्मेलनमा बोल्दै नेता गजुरेलले समस्याहरुबाट अगाडि बढ्दै माक्र्सवादले सबै कुराको विकास गर्ने बताएका हुन् ।


उनले भने, ‘हामीले यत्रो लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा जुन विश्वास गरेर आयौं र त्यसमा चाँही समस्याहरु उत्पन्न भएका छन् ठिक हो । यहाँ धेरै कुरा सहि ढंगले  अगाडि बढेका छैनन् । कम्युनिष्ट क्रान्ति भनेको उतार चढावको बीचबाट अगाडि बढ्ने कुरा हो । यो  सिंधा रेखामा अगाडि बढ्दैन । दायाँ बायाँ हुँदै अगाडि बढ्छ । कठिनाईहरु, समस्याहरु सैद्धान्तिक क्षेत्रमा र अन्य क्षेत्रमा समेत समस्याहरु पर्छन् । समस्या पर्यो भनेर छोडेर जानु हुँदैन । यस्तै गरेर हाम्रो  माक्र्सवादको कुरामा यो  कहिले पुरानो हुँदैन । यसले हरेक क्षेत्रमा विकास गर्छ ।’


साथै उनले देशमा क्रान्ति हुँदा पनि जनताले चाहेको कुरा पूरा गर्न नसक्दा जनतामा निरासा छाएको बताए । उनले लोकतन्त्र र गणतन्त्रले जनताका समस्या कहिँकतै नगरेको बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार